Nepal's First Video FM

थापाथली प्रसूति गृहका कर्मचारीको मनमानी,ब्लड ब्याग सेटको नाममा रकम अशुली,लिएको रकम गर्दैनन् फिर्ता

919

काठमाडौं । अस्पताल जाँदा अस्पतालमा आवश्यक पर्ने रगतका लागि सुरुमानै अस्पतालले पैसा लिन्छ । तर बिरामीलाई रगत प्रयोग नभएको अवस्थामा भने अस्पताले ब्लड टेस्ट र रगत बाहेकको ब्लड ब्याग सेटको पैसा भने फिर्ता गर्नु पर्ने हुन्छ ।

 

तर अस्पतालका कर्मचारी भने ब्लड ब्याग सेटको पैसा फिर्ता गर्दैनन् । यस्ता गुनासा आएपछि हामीले थापाथलीस्थीत प्रसुति गृहमा अनुसन्धान ग¥यौँ । प्रसूति गृहमा सुरुमै चिकित्सकले रगतको लागि पैसा तिर्न लगाउँछन् । बिरामीको सम्पुर्ण उपचार हुँदासमेत रगतको आवश्यकता नै नपर्न सक्छ । तर उनिहरुले रगतका लागि तिरको ५३५ रुपैयाँ मध्ये ब्लड ब्याग सेटकोे पैसा फिर्ता हुनु पर्ने हुन्छ त्यो हुदैन् ।

 

नुवाकोटका शालिकराम पुडासैनिले आफन्तको उपचारका लागि प्रसूति गृहमा पुगे । उनलाई सुरुमै चिकित्सकले ३ पाउण्ड रगत आवश्यक पर्ने भनेपछि ५ सय ३५ रुपैयाँ तिरेर एक पाउण्ड उनी आफ्नै निकाले भने थप २ पाउण्डको लागि १ हजार ७० गरी कुल १५ सय ९५ रुपैयाँ पैसा तिरे । अन्तमा उनको आफन्तलाई रगत आवश्यक नै नपरेपछि रगत लिएनन तर उनले तिरेको १५ सय रुपैयाँमा कति पैसा फिर्ता भएन् ।

यस्तै अस्पतालमै भेटिएका रामेछापका मेघबहादुर श्रेष्ठले आफन्तका लागि भनेर अस्पतालको ब्लड बैंकमा गएर ५ सय ३५ रुपैयाँ तिरेर रगत दिए तर अर्को दिन आफ्नतको लागि रगत लिन जाँदा ब्लड बैंकले रगत नभएको बतायो । र थप रगत दिन ५ सय ३५ रुपैयाँ माग्यो ।

यी प्रतिनिधी घटना मात्रै हुन । प्रसूति गृहमा भेटिएका अधिकांशको गुनासो यस्तै थियो । चिकित्सले सुरुमै रगतको पैसा तिर्न लगाउने तर रगत आवश्यक नभएपछि ब्लड ब्याग सेटको पैसा पनि फिर्ता हुदैन् ।

अस्पतालमा पुग्ने सबै बिरामीले रगतको लागि पैसा तिर्छन तर ४० प्रतिशत बिरामीलाई मात्र रगत प्रयोग हुने अस्पताको ब्लड बैंकका कर्मचारीको भनाइ छ । खासमा एउटा ब्लड ब्याज सेटको पैसा करिब सय रुपया पर्छ । यसबाट हिसाव गर्नुहोस् कति पैसा कमाउछन् अस्पतालका कर्मचारीहरु ?

NEWS 24 बाट साभार

 

You might also like

Comments are closed.