म विदामा बस्छु राजीनामा दिदैंन,सरकारले मेरो प्रमाणपत्रमा त्रुटी भेटाउनु पर्छ भन्दै सरकारलाई जोशीको चुनौति
काठमाडौं, १९ साउन । कायममुकायम प्रधानन्यायाधीशले मुद्दा नहेर्ने भएका छन् । जोशी आईतबारबाट विदामा बस्ने तयारी गरेका छन् । संसदीय सुनुवाईबाट शुक्रबार अस्वीकृत भएसँगै जोशीले मुद्दा हेर्ने वा राजिनामा दिने भन्ने विषयमा वादविवाद भईरहेको थियो । यद्दपी जोशीले राजीनामा भने नदिने अडान लिएका छन् । तर, आईतबारबाट विदा बस्ने उनको तयारी छ । स्रोतका अनुसार जोशीले शनिबार साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर यसको जानकारी गराउने तयारी गरेका छन् । जोशीविदामा बस्ने भएपछि अब सर्वोच्चको पेशी ओमप्रकाश मिश्रले तोक्नेछन् ।
यो पनि पढ्नुहोस :
प्रधानन्यायाधीशमा अस्वीकृत कामु प्रधानन्यायाधीश दीपकराज जोशीले आफ्नो शैक्षिक प्रमाणपत्रमा त्रुटी भएको भेटाउन सरकारलाई चुनौति दिएका छन् ।
उनले प्रमाणपत्रको स्वतन्त्र छानविन गर्न समेत सरकारसँग माग गरेका छन् । संसदीय सुनुवाई विशेष समितिले शैक्षिक प्रमाणपत्र शंकास्पद रहेको लगायतका कारण देखाउँदै प्रधानन्यायाधीश बनाउन अस्वीकार गरेपछि जोशीले पुष्टि गर्न चुनौती दिएका हुन् ।
सुनुवाईका क्रममा आफूले समितिसमक्ष शैक्षिक प्रमाणपत्रहरु पेश गरेको तर, आधिकारिक निकायबाट अध्ययन अनुसन्धान नै नगरी धारणा बनाउँदा आफू अन्यायमा परेको उनले बताएका छन् । शनिबार विज्ञप्ति जारी गर्दै जोशीले स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गरिएको बताएका छन् ।
पुनरावेदन अदालतमा २२ बर्ष र सर्वोच्चमा चार बर्ष काम गर्दा कहिल्यै प्रमाणपत्रको विषय नउठेको तर प्रधानन्यायाधीशको कुरा उठ्दा मात्र अनुसन्धान खोज्नु आश्चर्यको कुरा भएको उनको भनाई छ ।
Comments are closed.