Nepal's First Video FM

हेलिकोप्टर दुर्घटना हुदा १५ यात्रु सहित १८ जनाको मृत्यु

802

काठमाडौँ, साउन १९ गते । रुसको क्रास्नोयारस्कले क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । क्षेत्रीय आपतकालिन सेवा अधिकारीहरुले विमानमा १८ जना नै रहेका र ती सवै जनाको मृत्यु भएको शनिबार जानकारी दिएका हुन् । स्थानीय समयानुसार शनिबार विहान १०.२० बजे सो हेलिकोप्टर दुर्घटनामा परेको अधिकारीहरुले बताएका छन् । प्रारम्भिक विवरणहरुका अनुसार प्राविधिक गढबढी र चालकका कारण हेलिकोप्टर दुर्घटना भएको बताइएको छ । हेलिकोप्टर उडेर दुई किलोमिटर दुरीपार गरेपछि दुर्घटनामा परेको थियो । विमानमा रहेका र दुर्घटनामा परी मृत्यु भएका मध्ये १५ जना यात्रु र अरु तीन जना चालक दलका सदस्य रहेका थिए । (रासस/एएफपी)

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.