माघ २६, बहुप्रतिक्षित ‘कृ’ चलचित्र आजदेखि देशभर रिलिज भएको छ । नेपाली सिनेमामध्ये सबैभन्दा महँगोमा पर्ने ‘कृ’ मा अनमोल केसी र अदिती बुढाथोकीको मुख्य भूमिका रहेको छ ।
अनमोलले एंग्री योङ मेन र लभरब्वाई दुवै चरित्र एकसाथ ‘कृ’ मा निभाएका छन् । जसले गर्दा पनि दर्शकमा यो चलचित्र प्रतिक्षित बनेको थियो । ‘कृ’ को घोषणा हुने बेलादेखि नै अनमोल केसी फ्यान अधैर्य भएर बसेका थिए । झन् चलचित्रमा सबैभन्दा धेरै २५ लाख पारिश्रमिक लिएको विषयले अनमोल निकै चर्चामा आए ।
सुवास गिरी र भुवन केसीले मिलेर बनाएको ‘कृ’ का निर्देशक सुरेन्द्र पौडेल हुन् । दुई वर्षको ग्यापपछि अनमोलको नयाँ चलचित्र हलमा लागेको हो । चलचित्रको अग्रिम बुकिङमा देखिएको लहरले चलचित्र सफल हुनेमा निर्माण पक्ष आशावादी देख्न सकिन्छ । मल्टिप्लेक्स हलहरुले कृलाई ६८ शाे उपलब्ध गराएका छन् ।
आजै बलिउड फिल्म ‘प्याडमेन’ पनि रिलिज हुँदैछ । नेपालका मल्टिप्लेक्स सिनेमा भवनले ‘कृ’ लाई भन्दा ‘प्याडमेन’ लाई कम सो दिएका छन् । पहिले ‘कृ’ सोलो चलचित्रका रूपमा रिलिज हुने भनिएको थियो, तर अक्षयकुमारको ‘प्याडमेन’ ले सञ्जयलीला भन्सालीको ‘पद्मावत’ लाई आफ्नो रिलिज डेट छोडिदिएपछि ‘कृ’ सँग जुध्न आइपुगेको हो ।
Comments are closed.