नारायणगढ मुग्लिन सडकखण्ड फेरी खवरुद्ध भएको छ । गएरातीबाट नारयणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएका जिल्ला प्रहरी कार्यालय चितवनले जानकरी दिएको छ । गएराती सवा १० बजेबाट सडक अवरुद्ध भएको हो । भरतपुर महानगरपालिका वडा नम्वर २ को घुमाउने भन्ने ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
पहिरो हटाउँदै गाडी चलाउँदा यात्रु भने जोखिममा परेका छन् । यो सडकखण्डमा गाडी चलाउँदा सावधानी अपनाउन नारायणगढ–मुग्लिन सडक आयोजनाले आग्रह गरेको छ । पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको छ । अस्तिदेखि नै यो ठाउँमा पहिरो खसिरहेको छ ।
Comments are closed.