Nepal's First Video FM

पूर्व सांसद कमल पङ्गेनीको अन्त्येष्टि भोलि मात्रै गरिने

446

साउन २०/ हृदयघातका कारण निधन भएका पूर्व सांसद कमल पङ्गेनीको अन्त्येष्टि भोलि मात्र गरिने भएको छ । नेपाली कांग्रेस स्याङजाका सभापति समेत रहेका पङ्गेनीको पार्थिव शरीर भोलीसम्म सदरमुकाममा रहेको पार्टीको जिल्ला कार्यालयमा राखिने र भोलि बिहान ११ बजे रामनदी धाममा अन्त्येष्टि गर्ने तयारी छ ।

उहाँको अन्त्येष्टिमा पार्टी सभापति शेरवहादुर देउवा लगायत केन्द्रित नेताहरुपनि स्याङ्जा जाने तयारी छ । सुतेकै ठाउँमा अचेत अवस्थामा भेटिएका पङ्गेनीलाई बिहानै कालिका सामुदायिक अस्पतालमा लगिएकोमा अस्पतालले ह्ृदयघातका कारण निधन भएको जानकारी दिएको थियो ।

You might also like

Comments are closed.