साउन,२०/ प्रि-सिजनको महत्वपूर्ण इन्टर नेसनल च्याम्पियन्स कपमा रोनाल्डोको युभेन्ट्सलाई मड्रिडले आइतबार विहान ३–१ ले पराजित गरेको हो।
मड्रिडको जीतमा मार्को आसेन्सियोले २ गोल तथा ग्यारेथ बेलले एक गोल गरे। युभेन्ट्सले भने एक गोल उपहार पाएको थियो।
खेलको १२ औँ मिनेटमा डेनी कार्भाजालको आत्मघाती गोलबाट सुरुवाती अग्रता लिएपनि युभेन्ट्सलाई मड्रिडले उत्कृष्ट कमब्याक गर्दै लगातार ३ गोल गरेको हो।
यस खेलमा रोनाल्डो भने सहभागी थिएनन्। उनले प्रि-सिजनका कुनै खेल नखेल्ने बताएका छन्।
९ वर्षको मड्रिड बसाईंपछि रोनाल्डोले मड्रिड छाड्दै युभेन्ट्स रोजेका थिए। ५ बालुन डि ओर, ४ युरोपियन गोल्डेन बुट बिजेता रोनाल्डोले मड्रिडमा रहँदा आफूलाई अतुलनीय खेलाडीका रुपमा सावित गरेका थिए।
उनी नयाँ सिजनका लागि इटालीमा प्रशिक्षण तथा अभ्यासमा ब्यस्त छन्।
Comments are closed.