Nepal's First Video FM

दूतावास माैन: राेजगारीका लागि ओमन पुगेका २० नेपाली अलपत्र

812

माघ ९, मस्कोट स्थित (Muwarad Wadi Hibi Modern Trad .Asstd) कम्पनीमा कार्यरत २० जना नेपाली अलपत्र परेका छन् । सम्झौता अनुसारको सेवा सुबिधा कम्पनीले नदिएपछि तीन महिनादेखि उनीहरू विचल्लीमा परेको जनप्रगतीशिल मंच ओमनका प्रमुख संरक्षक पदम प्रसाद अर्यालले बताए ।

काठमाडौ बसुन्धारा चोकमा रहेको होनेस्टी ओभरसिज प्रालीबाट ४ महिना अघि ओमन पुगेका हुन । उनीहरुलार्इ मेनपावर एजेन्सीले गरेकाे सम्झौता भन्दा न्यून तलव, बस्ने खाने ठाउँमा समेत कुनै सुविधा नभएकाे, खाडीको चिसो मौसम चिसो भुइँमा भोक भोकै सुत्न बाध्य छन ।

सुरुमा १२० रियल तलव दिने भनिए पनि कम्पनीले ७० रियलमात्रै दिएको र एक महिना पछि काम र खाना दुबै नदिएकाे पीडितले लिखित गुनासाे लिएर दूतावास गए । दूतावासले आश्वासन वाहेक कुनै सहयोग नगरेकाे पीडितको गुनासो छ । मेनपावर कम्पनी भने सम्पर्क विहिन छ ।

समस्या समाधानका लागि पहल हुन नसक्दा उनीहरू समस्यामा परेकाे मन्चका सल्लाहकार मुन्नाबाबु परियारले बताए । उनिहरूलाइ सक्दाे सहयाेग परियारले गरेका छन् । तर दूतावासले उद्दारको लागि पहल गर्न ढिलाइ गर्दा पीडित झन पिडामा परेकाे अर्यालले बताए ।

You might also like

Comments are closed.