Nepal's First Video FM

जाजरकोटमा गएको पहिरोमा परि मृत्यु हुनेको संख्या ९ पुग्यो

806

साउन २०/ जाजरकोटको सदरमुकाम खलंगा नजिक पहिरो गएर मृत्यु हुनेको संख्या ९ पुगेको छ। पहिरोमा परी मृत्यु हुनेमा ८ जना बालबालिका र १ महिला रहेकी छन्। अविरल वर्षाका कारण गएराति ठाँटीबजार नजिकै पहिरो गएको हो।

प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक इन्द्रजित सुनारका अनुसार मृतकहरू १३ वर्षीय नरेन्द्र परियार, ८ वर्षीय गोविन्द परियार, ८ वर्षीय दर्शक परियार, ११ नविन परियार, ८ वर्षीय लोज्मा बोहरा, ३ वर्षीया मनिषा विक, २५ वर्षीया सितला लोहार, उनकी छोरीहरू ९ वर्षीया भगवती विक र ६ वर्षीया रञ्जना विक हुन्।

मृतक सितला बोहराका ३१ वर्षीय पति लालबहादुर बोहराको भने जाजरकोट जिल्ला अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

घटनास्थलमा उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली खटिएका छन्।
सेतोपाटिबाट

You might also like

Comments are closed.