Nepal's First Video FM

राष्ट्रपति पौडेलले लिए शपथ, निःवर्तमान राष्ट्रपति भण्डारीलाई मायाको चिनो सहित बिदाई

39

काठमाडौं, २९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन् ।

 राष्ट्रपति कार्यालय शीतल निवासमा सोमवार दिउँसो आयोजित विशेष समारोहका बीचमा पौडेलले शपथग्रहण गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ गराएका हुन् ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वराष्ट्रपति लगायतको उपस्थिति रहेको थियो । पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । सो अवसरमा राष्ट्रपति पौडेललाइृ नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

साथै नेपाली सेनाको एक टुकडीले निःवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाईका क्रममा सलामी अर्पण गरेको छ । साथै निःवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिदाईका क्रममा सरकारका तर्फबाट मायाको चिनो प्रदान गरेका थिए । आजबाट नै राष्ट्रपति पौडेलले राष्ट्राध्यक्षको रुपमा काम गर्नेछन् ।

You might also like

Comments are closed.