Nepal's First Video FM

गीत गजल संचालकमाथि आक्रमण

1,126

साउन,२०/ विराटनगर- ९ स्थित ए-वान गीत गजलका संचालक ३१ वर्षीय चन्दन साहमाथि शनिबार राति साढे ९ बजे आक्रमण भएको छ। गीत गजलमै आएर विराटनगर- ६ रामपुर बस्ने विशाल माझीले आक्रमण गरेको प्रहरीले जनाएको छ। पुरानो रिसिईवीलाई लिएर आक्रमण भएको प्रहरीको भनाइ छ।

गीत गजलमै रहेका बेला आफूमाथि वियरको बोतलले प्रहार गरेको साहले बताए। उनको अनुहार, हाट र खुट्टामा चोट लागेको छ। साहको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार गरिएको छ।

आक्रमणमा संलग्न माझीलाई वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी लक्ष्मीराज अधिकारीको नेत्रृत्वमा गएको टोलीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको जनाइएको छ।
अन्नपुर्णबाट

You might also like

Comments are closed.