माघ २५, ‘बिग बोस ११’ को सफलतापछि सलमान खान अब नयाँ कार्यक्रमको प्रस्तोता बनेर आउँदै छन्। सलमान फेरि एक पटक कलर्स टेलिभिजनबाट देखिन लागेका हुन्। उनले अब अन्तर्राष्ट्रिय रियालिटी खेल ‘पावर अफ टेन’को भारतीय भर्सन ‘दसका दम’ होस्ट गर्नेछन्।
यस शोमा सहभागी प्रतिस्पर्धीहरूले ५ वटा प्रश्नको सही जवाफ दिएमा १० करोड भारतीय रुपैयाँ प्राप्त गर्नेछन्। ‘दसका दम’ पहिलो पटक भारतमा प्रसारण हुन लागेको भने होइन। यसको यो तेस्रो संस्करण हो। यसअघि पहिलो र दोस्रो संस्करणमा पनि सलमान खान नै होस्ट थिए।
पहिलो सिजन सन् २००८ मा प्रसारण भएको थियो। त्यसको जबर्जस्त सफलतापछि सन् २००९ मा दोस्रो सिजन प्रसारण भयो। त्यसपछि यो शो ८ वर्षसम्म प्रशारण हुन सकेन। सलमान खान अहिले रेस ३ को सुटिङमा व्यस्त छन्।
मुम्बईमा सुटिङ सकिएपछि उनी आगामी सुटिङका लागि अवुधाबी र दुवई जाने कार्यक्रम छ।
Comments are closed.