Nepal's First Video FM

डेनमार्कमा निेर्माण भएको नेपाली म्यूजिक भिडियो सार्वजनिक

1,079

नेपाली गीत संगीतको सृजनामा डेनमार्कमा बस्ने नेपालीहरुको बढ्दो सक्रियताको सिलसिलामा डेनमार्कमा छायाँकन भई निर्माण गरिएको म्यूजिक भिडियो पहिलो प्रेम सार्वजनिक भएको छ । मोसन मेकरकोतर्फ गणेश खड्का द्धारा बुढासुब्बा डिजिटल प्रालिको यूटुभ च्यानल मार्फत बाहिर ल्याइएको उक्त भिडियोको गीत इन्दु बानियाँको आवाज र दिपक शर्माको संगीत रहेको छ भने शब्द रचना हाल डेनमार्कमा बस्ने कृष्ण पौडेलको रहेको छ । डेनमार्कका लोकप्रिय नेपाली कलाकार तथा इनास डेनमार्कका अध्यक्ष सन्तकुमार थापाको निर्देशनमा स्वयम सन्तकुमार थापा र मल्लिका प्रधानको अभिनय रहेको भिडियो गणेश खड्का बाट खिचिएको छ भने सम्पादन समेत खड्का स्वयमले गरेका छन ।

गीतमा नेपाली ग्रामिण परिवेशमा हुने अतितका प्रेमिल पलहरुको सम्झना गरिएको हृदयस्पर्शी शब्दहरु सुन्न सकिन्छ भने भिडियोमा डेनमार्कको ग्रामिण क्षेत्रहरुको गर्मी मौसमका मनोरम दृश्यहरु देख्न पाइन्छ ।

You might also like

Comments are closed.