Nepal's First Video FM

माैलिक साँस्कृतिक र परम्परागत तिज गित लिएर अाए मणिराज काफ्ले

984

काठमाडौं । नेपाली नारीहरूकाे महान पर्व हरितालिका तिज २०७५ लार्इ लक्षितगरि अाफ्नै माैलिक परम्परालार्इ उजागर तथा सम्वर्दन प्रवर्दनका लागि मणिराज काफ्लेकाे शब्द संगित स्वरमा ‘तिजकाे रहर अायाे चेलीलार्इ’ सार्वजनिक भएकाे छ ।

नेपाली सांगितिक अाकाशमा करिव दुर्इ दशक भन्दा बढि समय क्रियाशिल काफ्ले ले सानै बेला देखि रेडियाे नाटकमा बाल कलाकारकाे अावाजबाट अाफ्नाे कलाकारिता यात्रा क्रमश रंगमंच, टेलिचलचित्र, चलचित्रमा अभिनय संगसंगै पार्श्व गायन शब्द संगितमा अघि बढार्इ रहेका छन ।

काफ्ले नेपाली रजतपटका एक उदाउदा तारा हुन । अब चाडै नेपाली चेतनामुलक हाँस्य टेलिचलचित्र ख्याल ठठ्टा अाफ्नै लेखन तथा निर्देशनमा टेलिभिजन र युट्युव मार्फत दर्शकमाझ लिएर अाउदैछन ।

विज्ञापन प्राेमाे, जिङ्गल, टाइटल गितहरू जस्ता थुप्रै काममा अाफु अहिले ब्यस्त भएकाे बताउछन काफ्ले । हालसालै युनाज कृएसन मार्फत उनले दिदी बहिनी र दाजु भार्इ बीचकाे अर्थात चेली र माइति बीचकाे अघात माया प्रेमलार्इ दर्साउने गरि ‘तिजकाे रहर अायाे चेलीलार्इ ‘अडियाे र भिडियाे युट्युबमा सार्वजनिक गरेका छन ।

‘तिजकाे रहर अायाे चेलीलार्इ’ गितमा काफ्लेलार्इ प्रतिभाशाली गायिका मिना सिहंले साथ दिएकी छिन । साे गितकाे म्युजिक भिडियाे पनि लाेभ लाग्दाे बनेकाे छ ।

भिडियाेमा दिपा केसी, अनिसा न्याैपाने, सन्ताेस थापा, महेश कार्कि,स्वेता रिसाल, गाेविन्द खतिवडा लगायत स्वयम गायक काफ्ले अाफैले पनि अभिनय गरेका छन ।

छाहारी शिखर साँस्कृतिक कला केन्द्रका विद्धार्थिहरूले उक्त भिडियाेमा काेरस नृत्य प्रस्तुत गरेका छन । काेरियाेग्राफर प्रेम लाल श्रेष्ठ र केशव काेइरालाले गरेका छन भने निर्देशन स्वयम गायक काफ्लेकाे नै रहेकाे छ ।

You might also like

Comments are closed.