माघ २६, अमेरिकी संसदले बजेट सम्बन्धी विधेयक पारित गर्न नसक्दा सरकारी कामकाज पुन: ठप्प भएको छ । मध्यरातमा संघीय बजेटको रकम प्रवाह बन्द भएपछि सांसदहरुले सो विधेयक पारित गर्ने आशा गरिएको थियो । तर सत्तारुढ रिपब्लिकन सांसद राण्ड पलले बजेट माथि छलफल हुनुपर्ने माग गरेपनि मतदानको प्रक्रिया सुरु नसकेको बीबीसीले जनाएको छ । गतमहिना पनि आवश्यक बजेट सम्बन्धी विधेयक पारित नहुँदा तीन दिनका लागि सरकारी कामकाज ठप्प भएको थियो । बिहिबार नै पारित गर्ने भनिएको विधेयक/ सासंद पलले थप छलफल गर्न माग गरेपछि धकेलिएको थियो । अमेरिकी तल्लो सदन र माथिल्लो सदन दुवैले नयाँ दुई बर्षे खर्च नीति पारित गर्नुपर्नेछ ।
साभार:- इकान्तिपुर
Comments are closed.