Nepal's First Video FM

फोटोपत्रकार बने चर्चित गायक सत्यराज आचार्य

781

माघ २६, लगभग २५ वर्षको सांगीतिक यात्रामा थुप्रै गीतहरु गाइसकेका छन् सत्यराज आचार्य । उनले २०५० सालदेखि निरन्तर रुपमा कलाकारिता क्षेत्रमा यात्रा गरिरहेका छन् । सत्यराज आचार्य चर्चित गायक मात्र नभई अभिनेता पनि हुन् ।

२०११ देखि २०१८ सम्म ७ वर्षमा ४ वटा (आचार्य, कर्कस, साढे सात र हैरान) फिल्ममा अभिनय गरेका छन् । आचार्य नामक फिल्मबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका उनले कर्कस फिल्ममा दोस्रो पटक अभिनय गरेका थिए ।

चलचित्र ‘आचार्य’ र ‘कर्कस’बाट सफल कलाकारका रुपमा चिनिएका थिए । फागुन ११ बाट देशभरका फिल्म हलमा प्रदर्शनमा आउन लागेको ‘साढे सात’मा सत्यराज आचार्यको मुख्य भूमिका रहेको छ ।

फोटोपत्रकारका रुपमा दर्शक माझ आउन लागेका गायक तथा संगितकार सत्यराज आचार्य पत्रकारको भूमिकामा उनका फ्यानहरुले कतिको रुचाउँलान् त्यो भने हेर्नै बाँकी छ । तर, ट्रेलर भने धेरै रुचाएका छन् ।

चलचित्र ‘साढे सात’मा सत्यराजसँगै सुनिल थापा, मेनुका प्रधान, कामेश्वर चौरासिया, सुप्रिया कटुवाल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रमा विशेषगरी तराईमा नाकाबन्दीका बेला फोटोपत्रकारहरुले भोग्नु परेको कथालाई उतार्न खोजिएको अभिनेता सत्यराजले बताए ।

सत्य स्वरुप इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्र ‘साढे सात’लाई साम्तेन भुटियाको पटकथा र सम्पादन संगै निर्देशन गरेको छ भने अभिनेता सुनिल थापा प्रस्तुतकर्ता रहेको  रहेको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.