Nepal's First Video FM

झापाकी रमा र पाल्पाका शिरीषको “मेरो मायालु यत्तिकै राम्रो छ “बजारमा

1,076

रोइला गायक शिरिष देवकोटा र गायिका रमा अर्यालले यस पटकको तीजमा ‘मेरो मायालु यत्तिकै राम्रो छ ’बोलको गीत बजारमा ल्याएका छन् ।
पाल्पामा जन्मेर नेपाली लोक गायनमा राम्रो सफलता पाएका शिरिष देवकोटाको स्वरसँगैझापामा जन्मेर आधुनिक गित गायनमा जम्दै गरेकी रमा अर्यालको आवाज उक्त लोकशैलिको तिज गितमा पनि उत्तिकै सुहाएको छ । गीतको लय शब्द गायक देवकोटाकै रहेको छ । गीतको भिडियोमा रिना थापामगर र जेम्स बिसी फिचरिङ छन् ।

भिडियोलाई स्मृति तिमिल्सिना (गुरुआमा)ले निर्देशन गरेकी हुन ।रमा अर्यालकै निर्माण र प्रस्तुती रहेको गितमा बिनोद बाजुरालीको सङ्गीत संयोजन रहेको गीतको भिडियोमा सुरेश श्रेष्ठको छायाँकन, प्रकाश धमलाको सम्पादन रहेको छ । यो गीतले सार्वजनिक भएको केही दिनमै राम्रो चर्चा कमाएको छ ।
गीतको पूरा भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

You might also like

Comments are closed.