Nepal's First Video FM

भर्खरै भएको विमान दुर्घटनामा बीस यात्रुको ज्यान गएकाे आशङ्का स्वीजरल्याण्डबासि तनाबमा

603

दोस्रो विश्वयुद्धको समयमा जर्मनीमा बनेको विमान दुर्घटनामा पर्दा बीस यात्रु ज्यान गएको छ ।

२० जान यात्रुसहत उडेको विमान स्वीजरल्याण्डको हिमाली क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा विमानमा यात्रारत सबैजनाको ज्यान गएको आशङ्का गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

दोस्रो विश्वयुद्ध सुरु भएको सन् १९३९ मा जर्मनीमा बनेको स्वीस वायुसेनासँग आवद्धता रहेको जेयू–एअरको ऐतिहासिक महत्वको ‘द जङ्कर, जेयू ५२ एचबी–एचओटी’ विमानमा चालक दलका तीन सदस्य र १७ यात्रु लिएर पिज सेगनास हिमाल क्षेत्रमा उडिरहेको समय शनिबार दुर्घटनाग्रस्त भएको स्वीजरल्याण्डको एटिएस न्यूज एजेन्सीले जनाएको छ । विमान दुई हजार ५०० मिटरको उचाईमा रहेका समय दुर्घटनाग्रस्त भएको एटीएसले जनाएको छ ।

स्वीजरल्याण्डको जर्मन भाषामा प्रकाशित ब्लीक नामक पत्रिकाले विमानको क्षमता २० सीटको भएको र विमानमा यात्रारत सबैजनाको मृत्यु भएको हुनसक्ने जनाएको छ । विमान स्वीजरल्याण्डको दक्षिणी क्षेत्र टिसिनो विमानस्थलबाट जुरिच नजिकै रहेको ड्यूवेन्डर्फ सैनिक विमानस्थलका लागि शनिबार दिउँसो उडेको ब्लीकले जनाएको छ ।

एक पत्रिकाले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भनेको छ, ‘विमान १८० डिग्री दक्षिणतर्फ मोडिएपछि चट्टानसरी जमिनमा खसेको थियो ।’ विमानको भग्नावशेष हिमाली क्षेत्रको एकान्त जङ्गलमा सानो क्षेत्रमा छरिएको बताउँदै विमान दुर्घटनाको कारण विष्फोटन नहुनसक्ने सङ्केत देखिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रहरीले दुर्घटनामा कति जनाको मृत्यु भएको भन्नेबारे आइतबार समाचार तयार गर्दासम्म जानकारी गराएको छैन । तर खोजी र उद्धारका लागि पाँच हेलिकोप्टर पठाइएको जनाएको छ ।

You might also like

Comments are closed.