नेपाली सिनेका चक्लेटी नायक हुन् आर्यन सिग्देल । आज उनै चक्लेटी नायकको जन्मदिन परेको छ । सन् १९८४ अगस्ट ५ तारिखका दिन सुर्खेत जिल्लाको गोठिकाडामा हरिश सिग्देलका रूपमा जन्मिएका उनी आज आफ्नो ३५औं जन्मदिन मनाउँदैछन् । यतिबेला उनले अभिनय र निर्माण गरेको ‘कायरा’ फिल्म रिलिज भएको छ ।
उनले आफ्नो फिल्मी यात्रा ‘किस्मत’ फिल्मबाट गरेका हुन् । उनले अहिलेसम्म तीन दर्जन चलचित्रमा अभिनय गरेका छन् । सुर्खेतबाट उनको परिवार पछि काठमाडांैको थानकोटमा बसाइँ सरेको थियो । आर्यनले दिपेन्द्र पुलिस स्कुलबाट आफ्नो शिक्षा प्रारम्भ गरेका थिए भने एसएलसी चाहिँ मंगलदोय उच्च माविबाट गरेका थिए ।
Comments are closed.