Nepal's First Video FM

आरिफ शेख ६ रनमा आउट

598

माघ २६, आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत ओमनसँगको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि तेस्रो विकेटको रूपमा आरिफ शेखलाई ६ रनमा गुमाए ।

यसअघि दोस्रो विकेटको रुपमा दिलिप नाथ १९ र उपकप्तान ज्ञानेन्द्र मल्ल ७ रनमा आउट भएका थिए । ज्ञानेन्द्रलाई कालिमुल्लाहले र दिलिपलाई फिज भुट्टले आउट गराएका थिए ।

विन्डहुकस्थित अफिस पार्कमा चलिरहेको खेलमा नेपालले एकपछि अर्को खराब ब्याटिङ गरिरहेको छ । नेपालले २१ ओभरको खेल चलिरहदा ३ विकेट गुमाएर ५३ रन बनाएको छ ।

You might also like

Comments are closed.