Nepal's First Video FM

भिषण वर्षाका कारण भक्तपुर फेरी डुवानमा,के छ अहिले त्यताको अवस्था

851

भक्तपुर । अविरल वर्षापछि आएको बाढीले भक्तपुरका बिभिन्न भाग डुबानमा परेका छन् । बाढीका कारण मध्यपुर थिमि नगरपालिका र भक्तपुर नगरपालिका अन्तर्गतका बिभिन्न भाग डुबानमा परेका हुन् ।हनुमन्ते खोलामा आएको बाढीले मध्यपुरथिमिको राधेराधे क्षेत्र डुबानमा पर्दा खोला आसपासका ७० भन्दा बढी घर जलाम्य भएका छन् ।खोला बढेपछि हनुमन्ते र मनोहरा खोला किनारका बासिन्दाको घर भित्र पानी पसेको छ । खोलामा बाढी उर्लिएपछि किनाराका बस्ती र भूकम्प पीडितको शिविरमा पानी पसेको हो ।

मनोहरा खोलामा समेत पानीको सतह बढेपछि सुकुम्वासी बस्तीमा पनि खोला पसेको छ । बाढी बस्तीमा पसेपछि मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार क्षेत्र, ठिमी त्यसैगरि भक्तपुरको जगाते, हनुमान घाट, बाराही क्षेत्र आसपासका घरहरु, सिद्धिस्मृति प्रतिष्ठान, शान्ति निकेतन मावि लगायतका बिभिन्न भाग समेत जोखिममा परेका छन् ।बाढीका कारण सयौ घर, मठमन्दिर र विद्यालयहरु डुबानमा परेका छन् ।रातिदेखि डुबानमा पर्न थालेपछि उद्धारको कार्य शुरु गरेको भक्तपुर महानगरीय प्रहरी परिसरले जनाएको छ । बाढीले भक्तपुर जिल्लाका बिभिन्न स्थानका भित्री भुभाग समेत प्रभावित भएका छन् ।

बाढीका कारण हनुमन्ते खोलाका पुल र चाँगुनारायण नगरपालिकाको कुईकेल गाउँसमेत खतरामा परेको छ । बर्षाका कारण चाँगुनारायण नगरपालिका र सूर्य्विनायक नगरपालिकाका ग्रामिण क्षेत्रका धेरै ठाउँमा पहिरो गएपछि घरहरु उच्च जोखिममा परेको प्रहरीले जनाएको छ । विशेष गरि सडक छेऊ र भीरमा बनेका घरहरु पहिरोको उच्च जोखिममा परेका छन् ।

सूर्य्िवनायक नगरपालिका सिपाडोलस्थित घ्याम्पेडाँडा तथा रानीकोट जाने सडकमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सूर्यवनायक हँुदै घ्याम्पेडाँडा जाने बाटाको धेरै ठाउँमा पहिरो गएपछि मुख्य सडक नै अवरुद्ध हुँदा यहाँ बासिन्दाले सास्ती खेप्नुपरेको छ । केही दिनयतादेखि परेको वर्षा आज पनि परिरहेको छ । जस कारण मनहरा, हुमन्ते खोला आसपास र प्रभावित स्थानसहितका भक्तपुरका केही क्षेत्र डुबानको उच्च जोखिममा परेका छन् । केही हप्ता अघि हनुमन्ते खोलामा आएको बाढीले अधिकांश स्थान डुबाएको थियो । यो खबर हामीले ओएस नेपालको पेजबाट लिएका हौ ।

You might also like

Comments are closed.