जवानीमा गरेको मस्ती बुढेसकालमा छुट्टिएको समबन्ध ,कारण के थियो यसरि छुट्टिएर बस्नु पर्ने (हेर्नुहोस भिडियो )
बुढेसकालको सहारा श्रीमान श्रीमती भन्छन् । तर गोरखा नगरपालिका-४ फिनामका परियार दम्पति भने बुढेसकालमा पनि छुट्टएिर बसेका छन् ।ढुङ्गा माटोको सानो झुपडीमा बस्छन् उनीहरु, तर अलग अलग । उनीहरु आ-आˆनै किसिमले जीविका गर्छन् । न बुढालाई बुढीको वास्ता न बुढीलाई बुढाको ।एकै घरमा दुई भान्सा छन् । एउटा ७० बर्षीया रुपा परियारको र अर्काे उनका श्रीमान ८० बर्षीय नेप्टे परियारको । श्रीमानको भान्छामा पाकेको परिकार श्रीमतीले चाख्न पाउदिनन् । उनी आफू पनि दिन्नन् । भान्सा मात्र होइन उनीहरु सुत्ने ठाउँ पनि अलग्गै छ । एउटा कोठामा नेप्टे बस्छन् भने अर्काे कोठा (बाख्राको खोर) मा रुपा ।
‘भूकम्पले घर भत्कियो अहिले दुई कोठा मात्र बाँकी छ, एउटामा उ बस्छ,’ श्रीमानलाई इंगित गर्दै रुपाले भनिन्, ‘एउटामा म बस्छु ।’ तर उनी बस्ने कोठामा बाख्राहरु पनि बस्छन् । ‘बाख्राको दिसा पिसाबले ओछ्यान भिज्छ, फेरि केही रोग लाग्छ की भन्ने डर पनि लाग्छ, बर्खामा छाना चुहिएर ओछ्यानमा पानी पस्छ’ उनले भनिन् । भिडियो हेर्नुहोस
Comments are closed.