भक्तपुर। मकवानपुर जिल्ला गाउँपालिका वडा नं, ८ ठोटरी खोला घर भई हाल भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं ६, चुन्देविस्थित पुनम गलैचा कारखानामा कार्यरत लालबहादुर सिंतानको छोरा कलिला उमेरमा दुवै मिर्गौला पिडित अमिन सिंतान यति खेर मृत्युसँग लडिरहेका छन्। अमिर तामाङको दुवै मृगौला फेल भएको छ। अहिले उनको स्वास्थ्य अवस्था झनझन गम्भीर हुँदै आएको छ। परिवारमा उनी र उनको श्रीमती र एक छोरी गरेर तिनसदस्य छन्। जिविको पार्जनको लागि उनीहरु गलैचा बुन्ने काम गर्छन्।
सामान्य आर्थिक स्थिति भए पनि उनीहरुको जीवन खुसिमय नै थियो। उनीहरु आफ्नो जीवन देखि सन्तुष्ट थिए। तर एक्कासी अमिरलाई यस्तो रोग लागेपछि उनीहरुलाई ठुलो बज्रपात परेको छ। उनीहरु विवाह बन्धनमा बधिएको अहिले करिव ४ वर्ष जति भइसकेको छ। विवाहको एक वर्ष बित्न नपाउदै अमिर विरामी परे। उनी गलैचा बुन्दाबुन्दै वेहोस भएर ढले। उनी दुई दिन पछि होसमा आए। एक्कासी ढलेका अमिरलाई उपचार गराउने क्रममा नै थाह भयो कि उनको त दुई ओत मृगुला नै फेल भैसकेको रहेछ।
शुरुवातमा उनले भक्तपुर अस्पतालमा आफ्नो उपचार गराए। त्यहाँ उनको स्वास्थ्यमा केहि सुधार भएन। त्यसैले उनले मध्यपुर ठिमीमा उपचार गर्ने निधो गरे। त्यहाँ पनि उनको रोग पत्ता लागेन। अन्तत: ब्लु क्रस त्रिपुरेश्वोर अस्पतालमा उनको रोग पत्ता लाग्यो। उनको त दुई वटा नै मृगौला फेल भएको रहेछ। अमिरकि श्रीमतीले भक्कनिदै भनिन् ,’विमारी भएपछि १४ दिन सम्म अस्पतालमा नै डायलासीस गरेर राख्यो। १४ दिनमा १५ लाख रुपैयाँ सकियो। आफ्नो मान्छे पनि कोहि थिएन। सापटी मागेर उपचार गर्यो। अब हामीसँग पैसा पनि छैन। तपाईहरु सबैले सहयोग गरेर मेरो श्रीमानलाई बचाईदिनुस।’
अहिले अमिर धुलिखेल अस्पतालमा उपचाररत छन्। कम पैसा लाग्ने भएकोले अहिले उनी धुलिखेल अस्पतालमा उपचार गराइरहेका छन्। विगत ३ वर्ष देखि रोगसँग लडिरहेको मकवानपुरका २१ वर्षका अमिन सिंतानलाई डाक्टरको सुझाब अनुसार मृगौला प्रत्यारोपण गर्नुपर्ने बताएको हुँदा आमाले नै मृगौला दिने भएको छ। चरम आर्थिक अभावका कारण प्रत्यारोपण गर्न भने सकिरहेका छैन। आम बाबा रुन्छन कसरी उपचार गर्ने विहान देखि बेलुका ९ बजेसम्म गलैचा बुनेर सम्पूर्ण परिवार पालन पोषण मै खर्च जान्छ। दुख जोह गरि परिवार त पालेको छन तर छोराको उपचार गर्न नसकी लाचार भएकोमा आमा बुबा भकानो हाली रुन बाहेक केहि गर्न नसकेका कारण यहाँहरुको सानो सहयोगले एक गरिबको छोराको जीवन रक्षा हुन् सक्ने हुँदा सेवा नै धर्म हो भन्ने मर्म आत्मसाथ गरी सहयोगको लागि हार्दिक याचना गर्दछौ।
सहयोगको लागि सम्पर्क :
सहयोग र सहकार्यका लागि: ९८४१११९८५२
बैंक खाता नम्बर: ०५३१०१६७९६४०१७ (सिभिल बैंक)
हेर्नुहोस् भिडियो :
Comments are closed.