जुम्ला । नयाँ शक्ति पार्टीका जुम्ला संयोजक ४३ वर्षीय राधाकृष्ण बुढथापा मृत फेला परेका छन् । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिका जुम्ला संयोजक चन्दननाथ नगरपालिका–२ का राधाकृष्ण बुढथापाको शव मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
चन्दननाथ नगरपालिका ५ जुगाडखोला नजिकै बुढाथापाको शव मृत अवस्थामा हो । उनको मृत्युको कारण नखुलेपनि प्रहरीले दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । मृतक बुढथापाको शव अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । प्रहरीको मुचुल्का पछि शवलाई पोष्टमार्टम गरिने बताइएको छ । ओएस नेपालबाट साभार
Comments are closed.