Nepal's First Video FM

भगवानको नाममा चरम आतंक टोल-टोलमा चन्दा अशुली

960

हेटौंडा, २१ साउन । हेटौंडा वडा नम्बर १० स्थित गोरक्षेश्वर महादेव मन्दिरको परिसरमा नेपालकै सम्भवतः अग्लो हनुमानको प्रतीमा बनाउने कार्य जारी छ ।स्थानीयस्तरबाट ५२ फिट अग्लो हनुमानको प्रतीमा निर्माण जारी रहेको बेला आफूलाई भारतीय श्री श्री श्री १०८ साधु बताउने भारत हरियानाका शेरानाथ बाबाले आफूले हेटौंडामा हनुमानको प्रतीमा बनाउन लागेको भन्दै जताततै चन्दा माग्न थालेका हुन् । शेरानाथले आफूलाई सिद्धबाबा भन्दै परिचय दिने गरेका छन् । उनले बोकेको भारतीय परिचयपत्रमा उनको नाम शेरसिंह उल्लेख छ ।

उनको यस्तो गतिविधिप्रति सचेत भएर उनलाई चन्दा नदिन प्रतीमा निर्माणकर्ता श्रीरामभक्त हनुमान सेवा समिति हेटौंडाले आग्रह गरेको छ । निज शेरानाथ बाबा नाम बताउने साधुको समितिसँग कुनै सम्बन्ध नरहेको र उनले ठगी गर्दै हिँडेको समितिले एक अपिल जारी गर्दै भनेको छ ।समिति सचिव यज्ञप्रसाद कँडेलका अनुसार ती बाबाले बीरगञ्जका व्यापारिक घरानासँग ठूलो रकम उठाएर भारतीय बैंकमा रहेको आफ्नो खातामा जम्मा गरेका छन् । हेटौंडाका केही व्यापारीले पनि उनलाई करिब १ लाख भारतीय रुपियाँ दिइसकेका छन् ।पैसा कुम्ल्याएर उनी भारत गएका छन् । बेलाबेलामा भारतबाट बीरगञ्ज र हेटौंडा आएर ती बाबाले पैसा उठाई बैंकको आफ्नो व्यक्तिगत खातामा जम्मा गर्ने गरेका छन् । हनुमानको नाममा संकलित रकम उनले एक रुपियाँ पनि निर्माणकर्ता समितिलाई दिएका छैनन् । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

You might also like

Comments are closed.