साउन २१, एजेन्सी । इन्डोनेशियाको लोम्बोक टापुमा आइतवार फेरि शक्तिशाली भूकम्प जाँदा कम्तीमा ९० जनाको ज्यान गएको आपत्कालीन सेवासम्बन्धी अधिकारीहरूले बताएका छन् ।
विपद् व्यवस्थापन सम्बन्धी अधिकारीहरूका अनुसार सयौँ मानिस घाइते भएका छन् । ७ म्याग्निच्युडको भूकम्पकाबाट सयौँ भवनमा क्षति पुगेको छ भने विद्युत आपूर्ति बन्द भएको छ । छिमेकी बाली टापुका मानिसहरू चिच्याउँदै घरबाट भागिरहेको दृश्य भिडिओ फूटेजमा देखिन्छ ।
समुद्री तट र पदयात्राका लागि लोकप्रिय टापु लोम्बोक एक हप्ताअघि पनि भूकम्प गएको थियो । अघिल्लो भूकम्पमा कम्तीमा १६ जनाको ज्यान गएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्रका अनुसार आइतवारको भूकम्पको केन्द्रविन्दु लोम्बोकको माताराम नगरदेखि १० किलोमिटर उत्तरतिर रहेको थियो ।
भूकम्प लगत्तै सुनामी आउने चेतावनी जारी गरिएको थियो। तर केही घण्टापछि उक्त चेतावनी फिर्ता लिइएको थियो । इन्डोनेशियाको विपद् न्यूनीकरण निकायका एकजना प्रवक्ताले लोम्बोक टापुको प्रमुख नगर माताराममा थुप्रै घरहरूमा क्षति पुगेको समाचार संस्था एएफपीलाई बताए ।
बीबीसीबाट साभार
Comments are closed.