Nepal's First Video FM

त्रिशुली नदीमा हराएका सचिब मृत फेला

627

माघ २७, त्रिशूलीमा गाडी खसेर बेपत्ता सिँचाइ सचिव रामानन्द यादव मृत भेटिएका छन् । बेपत्ता अन्य २ जनाको अवस्था भने अझै अज्ञात छ ।

घटनास्थलमा खटिएका नेपाल प्रहरीका सई पूर्णबहादुर लामाले सचिव यादवको शव भेटिएको पुष्टि गरे । उनका अनुसार, बेपत्ता दुईजना भेटिएका छैनन् । उनीहरूकाे अहिले खोजी कार्य भइरहेको छ ।

‘दुर्घटनामा बेपत्ता सचिव रामानन्द यादवको शव भेटिएको छ,’ सई लामाले अनलाइनखबरसँग भने, ‘हराएका २ जनाको अवस्था पत्ता लागेको छैन । अहिले हामी वेपत्ताको खोजीमा लागिरहेका छौं ।’

शनिबार बिहान ३ बजेतिर सचिव यादव सवार बा २ झ ३१४० नम्बरको गाडी पृथ्वी राजमार्गअन्तर्गत धादिङको सलाङमा त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो ।

दुर्घटनामा सचिव यादवसहित उनका छोरा सन्तोष र साथीको छोरी वेपत्ता भएकोमा सचिव यादवको शव फेला परेको हो । दुर्घटनामा परी बेपत्ता सचिव यादवका छोरा सन्तोष र उनको साथीको छोरीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक निराजन यादव घाइते भएका छन् । उनलाई यसअघि नै उद्धार गरेर ट्रमा सेन्टर काठमाडौं ल्याइएको छ ।

You might also like

Comments are closed.