Nepal's First Video FM

भारतको एक आर्मी क्याम्पमा विद्रोहीको आक्रमण हुँदा तिन जना घाइते

567

माघ २७, भारत प्रशासित जम्मुको सुंजवान आर्मी क्याम्पमा शनिबार बिहानै बिद्रोहीले आक्रमण गरेका छन् । बिहान सवा ५ बजे भएको आत्मघाती आक्रमणमा बालिकासहित तीन जना घाइते भएका छन्।

सैनिक जवानकी छोरी घाइते भएकी हुन् । जम्मू रेन्जका आइजी डा. एसडी जमवालले पुष्टि गरेका छन् ।

४/५ जनाको समूहमा आएका आक्रमणकारीले जम्मु बाइपास रोड नजिकै रहेको आर्मी क्याम्पमा आक्रमण गरेका हुन् ।
आक्रमणपछि त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । सेनाको हेलिकप्टरले निगरानी गरिरहेको बताइएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.