माघ २७ ,हरिश्चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, माघ २७ : सन्यासी चन्द्र गिरीको हत्या गरी फरार भएका अर्का सन्यासी नारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. ४ मा रहेको प्रसिद्ध बनदेवी मन्दिरमा बस्दै आएका अर्का सन्यासी चन्द्र गिरीको हत्या गरी फरार रहेका आरोपि नारायण चौधरीलाई कैलालीको अत्तरिया बजारबाट शनिबार एकाबिहानै पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायव निरीक्षक मणि भट्टले जानकारी दिनु भएको छ ।
लगभग ३२ वर्षीय नारायण चौधरीले वर्ष ४५ का चन्द्र गिरीको चिर्पट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । त्यहाँ रहेका अन्य आधा दर्जन महात्माहरु आरती गर्न व्यस्त रहेकै समयमा हिजो साँझ ती दुई जना महात्मा बीच एक आपसमा झगडा हुँदा यस्तो घटना घटेको हो ।
हत्या पश्चात नारायण चौधरी नजिकैको लालझाडी बन हुँदै फरार भएको भन्दै प्रहरीले उनको खोजीका लागि व्यापक प्रहरी परिचालन गरेको थियो । उनलाई पक्राउ गरिसकेकाले अब घटनाका विषयमा थप विवरण उनको बयानबाटै लिइने प्रहरीले जनाएको छ ।
Comments are closed.