Nepal's First Video FM

अस्पतालको बेडबाटै धरधरी रुदैँ गायिका सीता थापाले भनिन्-‘गरी खाने हात नै काटिदिए’ (हेर्नुस भिडियो)

1,066

अधिकृत जस्तो पदमा रहेकी जेठानीद्धारा चर्चित लोक दोहोरी गायिका सिता थापालाई केही दिन अगाडी चक्कु प्रहार भएको थियो । घरायसी साधारण बिषयमा जेठानिले आफ्नै देउरानी गायिका सिता थापालाई छुरा प्रहार गरेकि थिईन ।

सिता थापाका अनुसार- सासु, ससुरा र एउटी छोरी सहित बस्छिन् । त्यही घरमा उनकी जेठानी पनि बस्छिन् । तर, जेठानीले भने छुट्टै भान्सा गर्ने गर्छिन् । उनीहरुले समय छुट्टाएर घरको एउटा किचनमा नै खाना बनाउने गर्थे ।

सिताले खाना बनाइसकेपछि उनकी जेठानीले खाना बनाउने गर्थीन् । तर शनिबार, सिताले जेठानीले खाना बनाउने समयमा भान्छामा गएर छोरीलाई खाजा बनाइदिंदा उनकी जेठानी झगडा गर्न आइन् । झगडाकै क्रममा सिताकी जेठानीले उनलाई चक्कु प्रहार गरेकी थिइन् ।

सिताका श्रीमान घरको झगडालाई कारण देखाउंदै बाहिर डेरा लिएर बसेका छन् । जेठानीले आफ्नो सरकारी जागिरको घमण्ड र श्रीमान छुट्टै बसेका कारण हेपेर आफूलाई सधै पीडा दिने गरेको र अहिले चक्कुले आक्रमण गरेको सिता बताउँछिन् । गायिक सिताले भाबुक हुदै भनिन् मेरो जिन्दगी बर्बाद भयो ! मेरो ज्यान खतरामा छ, गायिकाले किन पाईनन् न्याय ? हेर्नुस भिडियो;

You might also like

Comments are closed.