काठमाडौं रेलमार्गको प्रारम्भिक सम्भाव्यता प्रतिवेदन तयार भएको छ । चिनियाँ प्राविधिक टोलीले रेलमार्गको सम्भाव्यता प्रतिवेदन तयार पारेको हो ।
चिनियाँ कम्पनी चाइना रेल्वे फस्र्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटले तयार पारेको प्रतिवेदनबारे जानकारी लिन नेपाली टोली भदौ ४ गते चीन जाने भएका छन् । रेल्वे विभागका अनुसार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिवसहितको टोली चीन जाने तयारीमा रहेको छ ।
रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययनका लागि सबै खर्च चिनियाँ पक्षले व्यहोरेको छ । गत वैशाखको अन्तिम साता यातायात सचिव नेतृत्वको प्रतिनिधिमण्डलले सम्भाव्यता अध्ययन बढाउने सम्झौता गरेको थियो । प्रारम्भिक प्रतिवेदनले रेल्वे निर्माणमा कसरी अघि बढ्ने भन्ने मार्गनिर्देश गर्नेछ ।
Comments are closed.