Nepal's First Video FM

“कसैकाे सनक चढ्याे भने विश्व नै सखाप हुनेछ “- प्रधानमन्त्री अाेली

780

प्रधानमन्त्री केपी शर्मा ओलीले आणविक हतियार विश्वकै लागि मानवकाे हितमा नरहेकाे बताउनुभएको छ ।

७३ औं हिरोसिमा स्मृति दिवशको अवसरमा नेपाल अफ्रो एशियाली जनएकता संगठनद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

“अाणविक हतियार विश्वकै घातक छ, कुनै पनि देशका जनता आणविक हतियारको पक्षमा छैनन्” प्रधानमन्त्री ओलीले भन्नुभयो, “यसको उत्पादन र प्रयोग नै मानव जातिको हितमा छैन ।”

आणविक हतियारकाे दुरुपयाेग भए विश्वकै लागि घातक हुने उहाँकाे भनाइ थियाे ।  “याे तयार गरेपछि प्रयोग गर्ने कौतुहलता कसैकाे दिमागमा हाेला, सनक चढेर दुरुपयाेग भएमा विश्व नै सखाप हुनेछ ।” प्रधानमन्त्री ओलीले भन्नुभयाे ।

उहाँले प्रत्येक नेपालीले शान्ति अभियानमा लाग्नु पर्ने समेत बताउनुभयाे । आफू सदा मानव जातिको हितमा लाग्ने बताउँदै उर्हाँले भन्नुभयाे, “मेरा लागि देश र जनता सर्वोपरी हुन्, देश र जनताको हितमा निष्ठापूर्वक काम गर्छु ।” news24

You might also like

Comments are closed.