Nepal's First Video FM

नवजात शिशुको हत्या गर्ने आमा

749

आफैले जन्माएको नवजात शिशु हत्या गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
शिशु जन्माएर हत्या गरेको आरोपमा लमजुङको दूधपोखरी गाउँपालिका दुई, भूम्लिचोककी ४५ बर्षीया विष्णुमाया परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

गत साउन १८ गते शुक्रबार नवजात शिशुको हत्या गरेको कुरा उनले प्रहरीसंगको प्रारम्भिक बयानमा स्वीकार गरेको प्रहरी नायव उपरीक्षक यादव ढकालले बताउनुभयो । परियारले छोरी जन्माई प्लास्टिकमा पोको पारेर शौचालयमा झुन्डाइदिएको स्वीकार गरेको प्रहरीले बताएको छ । सो घटना भएको सूचना पाउने लगत्तै प्रहरी टोली खटाइएको र सोमबार परियारलाई पक्राउ गरिएको ढकालले बताउनुभयो ।

नवजात शिशुको हत्या गर्ने परियारलाई कर्तव्य ज्यान अभियोगमा मुद्धा चलाएर सोमबार अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो । घटनास्थल पुग्न करिब एकदिन लाग्ने र बीच बाटोबाट गाडी नचल्ने भएकाले ती महिलालाई ल्याउन ढिलाई भएको प्रहरीले बताएको छ ।

ती महिला विरुद्ध छोरी जन्माई हत्या गरेको भन्दै उनकै श्रीमान जीतबहादुर परियारले जाहेरी दिएको प्रहरीले बताएको छ । एक छोरा र दुई छोरीको आमा विष्णुमायाले आफ्नै सन्तानलाई हत्या गरेको भनिएको घटनालाई स्थानीयले अनौठो रुपमा हेरेका छन् ।

You might also like

Comments are closed.