Nepal's First Video FM

सलमानसँगको दुस्मनी ऐश्वर्यालाई महंगो

879

बलिउड नायिका ऐश्वर्या रायले केही दिन अघि मात्रै सलमान खानसँगको दुस्मनी महंगो मूल्यमा चुकाउनुपरेको छ । बलिउड नायिका ऐश्वर्या रायले केही दिन अघि मात्रै सलमान खानसँगको दुस्मनी आफ्नो लागि निकै महंगो भएको गुनासो गरिन् ।

‘मैले सह–कलाकार नपाएकै कारण सञ्जयलीला भन्सालीको बाजीराव मस्तानी गुमाउनु प(यो ।’ ऐश्वर्याले भनिन् । हिन्दी चलचित्र ‘फन्ने खाँ’ रिलिजको सन्दर्भमा आयोजित पत्रकार पत्रकार सम्मेलनमा उनले यो रहस्य खोलेकी हुन् ।

भन्साली निर्देशित चलचित्र ‘बाजीराब मस्तानी’ बक्स अफिसमा हिट भएको थियो । उक्त चलचित्रका लागि सुरुमा भन्सालीले मस्तानीको भुमिकामा ऐश्वर्या रायलाई प्रस्ताव राखेका थिए । ऐश्वर्या मस्तानीको भुमिकाले निकै उत्साहित थिईन् । निर्देशक भन्साली ऐश्र्याको जोडीको रुपमा सलमानलाई काम गराउन चाहन्थे । तर, सलमानले ऐश्वर्यासँग काम गर्न मानेनन् । अन्तिममा ऐश्वर्या पनि फिल्मवाट बाहिरिइन् । ऐश्वर्याको ठाउँमा दिपिका पादुकोण अनुबन्ध भईन् ।

हम दिल दे चुके सनम, हमारा दिल आपके पास है लागायतका चलचित्रमा ऐश्वर्या र सलमानको जोडीलाई दर्शकले निकै मन पराएका थिए । तर, सलमान र ऐश्वर्याविच बोलचाल बन्द भएपछि एउटै चलचित्रमा देखिन छाडेका छन् ।

You might also like

Comments are closed.