साउन २२, समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी कांग्रेसकाे केन्द्रीय समिति बैठक मंगलबार बस्दैछ ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा अपराह्न ३ बजे बस्ने बैठकमा विद्यमान राजनीतिक विषय र पार्टीको आन्तरिक गतिविधिबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
बैठकमा पार्टीको विधान संशोधनका लागि मस्यौदा समिति गठन, आन्तरिक संगठन परिचालन, संसदीय सुनुवाइ समितिको निर्णय, केही दिन अघि कांग्रेसले मन्त्रीलाई प्रश्न सोध्न समय नपाउँदा प्रतिनिधिसभा बैठक बहिष्कार जस्ता विषयमा छलफल हुने बताइएको छ । रासस
Comments are closed.