पोखरामा जन्मिएर काठमाडौं हुँदै नर्वेसम्म यात्र गर्यो उनको जीवनले, यात्रामा अनेक घुम्तीहरु आए । र, आए अनेक समस्याहरु पनि। त्यस्ता समस्यालार्इ पार गर्दै हिँडिन् कविता गुरुङ। भनिन्छ, सबै मान्छेसँग जीवन भोगार्इका आ-आफ्ना कथा हुन्छन् ।
तर, केही कथा यस्ता पनि हुन्छन् जो अरुका लागि प्रेरणा बनिदिन्छन् । ‘त्यही प्रेरणाका लागि मैले आफ्नै कथामा आधारित फिल्म बनाउन अनुमति दिएकी हुँ’ कविता भन्छिन् ।
पोखरामा जन्मिएकी कविता अध्ययनको लागि काठमाडौं आइन् । काठमाडौंबाट पोखरा गइन र उमेश थापासँग भागी विवाह गरेर पोखराबाट पुन: काठमाडौं आइन् । त्यो बेला कविता १९ वर्षकी थिइन्, उनका श्रीमान उमेश थिए २० वर्षका ।
विवाहपछि कविता र उमेशले काठमाडौंमा अनेक हन्डर खाए । त्यस्ता हन्डरको चोट निको पार्ने औषधि भयो माया । नेपालमा इन्जिनियरिङ सक्काएर उमेश नर्वे उडे, उमेशले केही वर्षपछि कवितालार्इ पनि उतै बोलाए । नर्वेमा कविताले क्यान्टिनमा काम गर्थिन्, उमेश इन्जिनियरिङको काम गर्थे ।
त्यतिन्जेल दुर्इ दम्पती १४ वर्षिय छोराका आमा बाबु पनि बनिसकेका थिए । त्यहि चलचित्रको नाम रह्यो “बोबी’ चलचित्रको प्रदशनको लागि आएका जोडी उमेश र कविता आज आँखा भरि आशु बोकेर नर्वे फर्किएका छन् । हेर्नुस भिडियो;
Comments are closed.