Nepal's First Video FM

चीनले बन्द गर्दैछ सबैभन्दा ठूलो मानव निर्मित झरना

957

दक्षिण पश्चिम चीनमा एक गगनचुम्बी महलमा बनाइएको विश्वकै सबैभन्दा ठूलो मानव निर्मित झरना बन्द हुने भएको छ ।अत्यधिक खर्चका कारण झरना सञ्चालन गर्न अप्ठेरो भएसँगै बन्द गर्न लागिएको हो ।

यो झरनाले पर्यटकबाट हुने आम्दानीबाट यसको सञ्चालन खर्चसमेत उठाउन नसकेपछि यो सेतो हात्ती बन्दै गएको थियो । जसका कारण यो झरना अहिले चीनमा मजाकको विषय बन्ने गरेको छ । सोँच विचार नगरिकन गरिने कामको उदाहरण दिनुपर्दा मानिसहरुले उक्त झरनाको नाम लिने गरेका छन् ।

गुइयांग सहरमा बनेको १०८ मिटर अर्थात् ३५० फिट उचाइको टावरमा उक्त झरना रहेको छ । यो दुई वर्षअघि मात्र तयार भएको हो । त्यसयता यसलाई केवल ६ पटकसम्म मात्र सञ्चालन गरिएको छ ।

उक्त टावर निर्माण गरेको कम्पनीका अनुसार स्थानीय शुष्क वायुलाई ओसिलो बनाउनमासमेत झरनाले भूमिका खेल्ने विश्वास गरिएको थियो । तर, यो अग्लो टावरमा निरन्तर रुपमा टुप्पोमा पानी पूराएर झरना सञ्चालन गर्दा खर्च अत्यधिक भएपछि झरना बन्द गर्ने निर्णयमा यसका मालिक पुगेका छन् । एजेन्सी

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.