Nepal's First Video FM

महिला हिंसा विरुद्ध सडकमा प्रदर्शन, राप्रपाले माग्यो गृहमन्त्री थापाको समेत राजीनामा माग

1,226

साउन २२, राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले मंगलबार राजधानीमा श्रृङखलाबद्ध बलात्कार, हत्या, हिंसा, सामाजिक अपराध, दण्डहीनताका विरुद्ध प्रदर्शन गरेको छ । प्रर्दशनमा उत्रेका महिला नेतृहरुले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा समेत माग गरेका छन् ।

महिला र बालबालिकामाथि श्रृंखलावद्ध रुपमा भइरहेको हत्या, हिंसा र बलात्कारको घटना तत्काल रोक्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गर्नुपरेको संगठनकी अध्यक्ष रोशन कार्कीले जानकारी दिइन् । उनले शान्ति सुरक्षा कायम गर्न सरकार पूर्णत असफल भएको दावी गर्दै गृहमन्त्री थापाको राजीनामा पनि माग गरिन् ।

बबरमहलबाट शुरु भएको संगठनको ¥याली माइतीघर मण्डलामा पुगेर धर्ना दिएका छन् । महिला हिंसा विरुद्धको प्रदर्शनमा राप्रपाको विभिन्न संगठनका महिलाहरु, पार्टीका महिला नेतृहरु र उपत्यकाका महिलाहरुको ठूलो संख्यामा उपस्थिति रहेको छ ।

You might also like

Comments are closed.