साउन २२, निरन्तरको अविरल बर्षाका कारण ओखलढुंगामा दुई गाँउपालिकाको सिमानामा पहिरो खस्दा २ घर बगाएको छ भने अन्य ५ घर जोखिममा परेको छ ।
जिल्लाको खिजिदेम्बा गाउँपालिका ९ र मोलुङ गाउँपालिका ७ को सिमानामा पर्ने पात्लेमा सोमबार राति पहिरो जादाँ स्थानीय डाटी शेर्पा र लमु शेर्पाको घर बगाएको हो ।
पहिरोमा परी कुनै मानविय क्षती नभएको भएपनि शेर्पाको एक हल गोरु र एउटा कुकुर पुरेको मोलुङ गाँउपालिका ७ का वडा अध्यक्ष हेम बहादुर सुनुवारले जानकारी दिए ।
गाउँमाथीबाट पहिरो खसेकाले सो स्थानका तत्लो भेगका अन्य ५ घर समेत पहिरोका जोखिममा परेका छन् । पहिरो पीडित परिवार हाल आफन्तको घरमा शरण लिई बसिरहेको वडा अध्यक्ष सुनुवारले बताए ।
राति अचानक पहिरो खसेपछि स्थानीयहरु भागेर बचेको उनिहरुको भनाई छ । अहिले पानी परिरहेकाले उक्त स्थानमा नजान वडा अध्यक्षहरुले आग्रह गरेको छ । पीडित परिवारलाई राहतका लागि पहल भैरहेको जनाइएको छ ।
Comments are closed.