Nepal's First Video FM

चितवनमा बस र ट्रक ठोक्किँए : चारको मृत्यु, १७ घाइते

777

साउन २३, पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको रत्ननगर नगरपालिका–१० भानु चोकमा बस र ट्रक आपसमा ठोक्किदा ४ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रौतहट चपुरका ट्रक चालक ३४ वर्षीय मोहन घिसिङ, सोही ठाउँका ट्रकका सहचालक ३० वर्षीय बुद्धिमान लामा, बसमा सवार काठमाडौं थानकोटका ४८ वर्षीय विष्णुप्रसाद थापा र ताप्लेजुङ खुम्लिङ नगरपालिका– १ का ४२ वर्षीया तारा बराल रहेको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

घाइतेमध्ये १३ जनाको पुरानो मेडिकल कलेजमा तथा चार जनाको चितवन मेडिकल कलेमा उपचार भइरहेको छ ।

काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको ना ६ ख १७४१ नम्बरको मकालु यातायातको यात्रु बस र नारायणगढ तर्फ आउँदै गरेको ना ५ ख ५९४१ नम्बरको ट्रक गएराती ११ बजेतिर आसपसमा ठोक्किएका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको डिएपी ढकालले जानकारी दिए ।

You might also like

Comments are closed.