Nepal's First Video FM

फिल्म ‘गुनगुन’को ‘किस मिस’ बोलको गीतमा चन्दा दाहालको हट आइटम (भिडियोसहित)

2,014

फिल्म ’गुनगुन’ मा समावेश आइटम गीत सार्वजनिक भएको छ । उक्त सार्वजनिक ‘किस मिस’ बोलको गीतमा चन्दा दाहाल आइटम गर्लको रुपमा प्रस्तुत भएकी छिन । अभिनयको चर्चापछि निर्देशनमा होमिएका कलाकार पुकार भट्टराईको डेब्यु फिल्म ‘गुनगुन’को प्रचार सामाग्री स्वरूप गीत सार्वजनिक गरिएको हो ।

गीतमा कमल पौडेलको शब्द, महाराज थापाको संगीत रहेको छ भने स्वर सुनिता कार्कीले दिएकी छिन् । गीतमा रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । चलचित्रको कथालाई नै अगाडि बढाउने भएकोले गीत महत्वपूर्ण भएको निर्माता निर्देशक भट्टराइले बताए ।

फिल्ममा नायिका सञ्चिता लुइँटेल्, रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली, बाल्दिप राई, विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको अभिनय चलचित्रमा समेटिएको छ ।

हिमाल केसीको द्वन्द, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको चलचित्र उपत्यका बाहिर आर.आर फिल्मस् र उपत्यकाभित्र सुनिल मानन्धरले वितरण गर्दैछन् । फिल्मको रिलिज कार्तिक ३० गते हुने घोषणा गरेको छ । हेर्नुस भिडियो;

You might also like

Comments are closed.