Nepal's First Video FM

झाँक्रीद्धारा गुफामा बन्धक बनाइएकी युवतीको १५ वर्षपछि उद्धार

1,358

साउन २३, एजेन्सी । इन्डोनेसियाको सुलावेशीस्थित प्रहरीले २८ वर्षीय महिलालाई उनलाई बन्दी बनाइएको एक गुफाबाट १५ वर्षपछि मुक्त गरेको जनाएको छ । उनलाई गाउँकै झाँक्रीले १५ वर्षसम्म एउटा गुफामा बन्दी बनाएर राखेका थिए ।

८३ वर्षीय ती झाँक्रीले १३ वर्षीया किशोरीलाई अपहरण गरेको र आफूमा देउता चढेको भनी उनको दिमाग एकोहोर्‍याएको अभियोग लगाइएको छ । ती झाँक्रीलाई यौन शोषण र बालबालिका सुरक्षा सम्बन्धी कानुनको बखिलाप कम गरेको अभियोग लगाइएको छ ।

स्थानीय समाचारका अनुसार जगो नामका ती झाँक्री स्थानीयबासिन्दामाझ कालो जादु गर्ने र वैकल्पिक विधिबाट निको पार्ने व्यक्तिको रूपमा चिनिन्छन् । सन् २००३ मा १३ वर्षीय बालिकालाई उपचारका लागि भनी ती झाँक्रीको घरमा उनको परिवारले ल्याएका थिए ।

त्यही वर्ष केही समयपछि उनी गायब भएकी थिइन् । सञ्चार माध्यमले ती झाँक्रीले उनका परिवारलाई उनी कामको खोजीमा जाकार्ता गइसकेको बताएका थिए । उनका आफन्तहरूले धेरै वर्षसम्म खोज्ने प्रयास गरे तर अन्तत: उनी बेपत्ता भएको घोषणा गरियो ।

समाचारहरू बाहिर आएपछि आइतवार प्रहरी ती किशोरीलाई सुलावेशीको मध् भागमा गएको गलुमपाङ गाउँमा खोजी गर्न गएको थियो । उनी ठूलो ढुङ्गाको पछाडिको सानो भागमा फेला परेकी थिइन् ।

प्रहरी प्रमुखका अनुसार ती बालिका १३ वर्ष हुँदादेखि नै ती पुरुषले किशोरीको बलात्कार गर्थे र त्यो सबै आफूले नभइ आफूमा देउता चढेको र त्यही कारण त्यस्तो भएको बताउने गर्थे । उनीहरूले ती झाँक्रीले राति आफ्नो घरमा ल्याउने र दिनभरी उनलाई जेल जस्तै सानो गुफामा बस्न बाध्य पार्ने आरोप लगाएका छन् ।

“ती पीडितलाई कतै नभाग्न तर्साएको र अरू मानिसलाई पनि नभेट्न उसको दिमागमा कुराहरू भरेको जस्तो देखिन्छ,” एकजना स्थानीय बासिन्दाले जाकार्ता पोष्ट पत्रिकालाई बताएका छन् । ती झाँक्री दोषी ठहर भएमा उनलाई १५ वर्षसम्मको जेल सजाय हुनसक्छ ।

बीबीसीबाट साभार

You might also like

Comments are closed.