Nepal's First Video FM

यातायात दुर्घटनामा घाइतेका लागि क्षतिपूर्ति बीमा रकम बढाउने तयारी

933

सार्वजनिक यातायातको सिण्डिकेट खारेजीसँगै सरकारले दुर्घटना बीमाको रकम बढाउने तयारी थालेको छ । सार्वजनिक सवारी साधन दुर्घटनामा परि ज्यान गुमाएका आफन्तलाई दिनुपर्ने रकम बढाउने गरि प्रस्ताव पेश गर्न यातायात व्यवस्था विभागले बीमा कम्पनीलाई पत्राचार गरेको छ ।

यातायात व्यवस्था विभागले तेस्रो पक्षको बीमा अर्थात ‘थर्ड पार्टी इन्सुरेन्स’को रकम बढाउने गरि १५ दिन भित्र प्रस्ताव पेस गर्न पत्रचार गरेको छ । सार्वजनिक सवारी साधनका समिति खारेजीसँगै विभागले दुर्घटना बीमाको रकममा हेरफेर गर्न लागेको हो । यस अघि यातायात समितिहरुले दुर्घटनामा मृत्यु भएकाको परिवारलाई आफै दुर्घटना बीमा रकम प्रदान गर्दै आएका थिए ।

सिण्डिकेट खारेज भएपछि यो बीमा सम्बन्धि काम बीमा कम्पनीहरुले पाउने भएका छन् तर उनीहरुले प्रस्ताव पेश गर्नुपर्ने छ । हाल प्रचलित व्यवस्थामा तेस्रो पक्षको बीमा बापत मृतकको परिवारलाई ५ लाख र घाईतेलाई ३ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने व्यवस्था छ । उक्त बीमा रकम कम भएको गुनासो आएपछि बढाउन लागेको हो ।

सवारी दुर्घटनामा टाउको तथा स्पाईनल इन्जुरी लगायतका गम्भीर चोट पुगेको, लामो समयसम्म उपचार गर्नु पर्ने घाइतेको हकमा रकम थप गर्ने विभागको तयारी छ । त्यस्ता विरामीको उपचारका लागि प्रिमियममा थप बीमा रकम वहन गर्न सक्ने गरि प्रस्ताव बनाउनु पर्ने छ ।

सवारी साधन यातायात व्यवस्था नियावली २०५४ र बीमा निर्देशिकामा दुर्घटना बीमा सम्वन्धी व्यवस्था समेटिएको छ । शुरुमा एकलाख रुपैयाँ प्रदान गर्दै आएकोमा सरकारले आर्थिक वर्ष २०७३/७४ देखि बीमा दावी रकम ५ लाख रुपैयाँ पु¥याएको थियो । यो व्यवस्थालाई पुनः बढाउन सके यातायात क्षेत्रमा अर्को सुधारको काम हुने विश्वास लिइएको छ ।

You might also like

Comments are closed.