Nepal's First Video FM

‘रोजी’ सँग ‘रामकहानी’ जुध्ने भएपछि बोर्ड अध्यक्ष निकीतासँग पूजाकाे आक्रोश

1,243

सिने नगरीमा कन्ट्रोभर्सी क्विनको रूपमा चिनिन्छिन् अभिनेत्री पूजा शर्मा । चलचित्र ‘प्रेमगीत’ रिलिज पश्चात् पूजा र नायक प्रदीप खड्काको बिग्रिएको सम्बन्धले मिडियामा निकै स्थान पायो । त्यो बेला पूजाले मिडियामा खुलेर नै प्रदीप माथि रिस पोख्थिन् । गत वर्ष पूजाको म यस्तो गीत गाउँछु र प्रदीपको प्रेम गीत २ रिलिज समयमा यी दुईको सम्बन्ध पानी बाराबार जस्तै भएको थियो । यो वर्ष पूजाको रामकहानी र प्रदीपको रोजी एकै दिन भदौ २२ गते रिलिजको तयारीमा रहेको छ ।

यति बेला पूजाले प्रदीपको रिस भने चलचित्र विकास बोर्डकी अध्यक्ष निकीता पौडेल माथि थुपारेकी छिन् । गोपीकृष्ण मुभिजको ब्यानरबाट रोजी निर्माण भएको हो । गोपीकृष्ण निकिताको भएपछि पूजाले फेसबुकमा स्टाटस राख्दै निकिता माथि आक्रोश पोखेकी हुन् । यस्तो छ उनको स्टाटस् –

विकाश बोर्ड अध्यक्ष , निकीता पौडेल ज्यू ,

विकाश बोर्ड जस्तो संस्था जुन नेपाली चलचित्रको विकाश र नेपाली चलचित्र कर्मीको हकहित को लागी सर्वश्रेष्ठ संस्था हो, त्यस्तो संस्थाको अध्यक्ष जस्तो गरिमामय पदमा बस्नु भएको छ, नेपाली चलचित्र क्षेत्रको अध्ययन, योगदान र विकास को ठुलो ठुलो भाषण र मन्तव्य दिनुहुन्छ ! चलचित्र विकास बोर्ड को महिला अध्यक्ष भनेर चलचित्रकर्मीको सहयोग र सीम्प्याथी पनि लिनुहुन्छ , तर एउटा यस्तो संस्थाको अध्यक्ष भएर चलचित्र कर्मी लाइ साथ र सहयोग गर्दै सबैलाई मिलाएर चलचित्र को विकासमा ध्यान दिनु भन्दा एउटा महिलाले नै निर्माण गरेको चलचित्र सँग जुधाएर कुन चाहिँ विकासको लागी लड्दै हुनुहुन्छ ? तपाइले मेरो चलचित्र “रामकहानी“ सँग जुधाउनु पर्छ भनेर गरेको प्लान बारे पनि जानकारी पाइसकेको छु ! यो कस्तो चलचित्र को विकास गर्दै हुनुहुन्छ ?

जबकि तपाईँलाई थाहा छ मैले(६) महिना पहिलै भदौ २२ गतेको दिन रामकहानी को प्रदर्शन गर्दैछु भनेर १ तर पनि यसरी जुध्न आउनु राम्रो हो र ?
मेरो चलचित्र सँगै तपाइले आफ्नो चलचित्र रिलिज गर्नुमा मलाइ कुनै आपति होइन तर तपाइ जुन संस्थामा बसेर चलचित्र को विकास को कुरा गर्नु हुन्छ त्यो कुरामा आपति हो , अध्यक्ष ज्यूको सोच प्रति आपती हो !!

यो त चलचित्रको विनाश भएन र ?

जय नेपाली सिनेमा र जय रामकहानी

You might also like

Comments are closed.