२३ साउन, काठमाडौं । केन्याका धावक निकोलस बेटको कार दुर्घटनामा मृत्यु भएको छ ।
बेइजिङमा २०१५ मा भएको विश्व एथ्लेटिक्स च्याम्पियनसिपमा चार सय मिटर हर्डल्स दौडमा स्वर्ण पदक जितेका २८ वर्षका निकोलसको बुधबार कार दुर्घटनामा ज्यान गएको हो ।
नाइजेरीयामा अफ्रिकी महादेशीय प्रतियोगितामा भाग लिएर फर्किरहँदा नान्दी काउन्टीको नजिकै उनको कार दुर्घटनामा परेको हो ।
केन्याका खेलकुद मन्त्री रसिद इचेसाले ट्वीट गर्दै निकोलसको मृत्यु भएको पुष्टि गरेका छन् ।
सन् २०११ मा केन्यामै भएको प्रतिस्पर्धाबाट दौडमा लागेका उनले बेइजिङमा स्वर्ण पदक जित्दै आठ सय मिटरभन्दा कमको दौडमा केन्या बाट पहिलो हुने कीर्तिमान बनाएका थिए ।
Comments are closed.