अपहरणपछि हत्या गरिएका काठमाडौं, काँडाघारीका निशान खड्काको घाँटीभित्र एकमिटर लामो रुमाल ९कपडा० जबरजस्ती घुसाएर निर्मम ढङ्गले हत्या भएको ‘पोस्टमार्टम’ रिपोर्टमा उल्लेख छ ।
घाँटीको रुद्रघण्टीसम्म कपडा घुसाएको देखिन्छ, पोस्टमार्टममा संलग्न त्रिवि शिक्षण अस्पतालका एक चिकित्सकले बताए । चिकित्सकका अनुसार घाँटीमा कपडा घुसाएकाका कारण श्वासप्रश्वास रोकिन पुग्दा मृत्यु भएको हो ।
डा.मनि महर्जनको नेतृत्वमा तीन सदस्यीय टोलीले शवको पोस्टमार्टम गरेको थियो । “बालक निशानको हात खुट्टा च्यापेर माथिबाट जवरजस्ती कपडा घुसाएको देखिन्छ,” पोस्टमार्टममा संलग्न एक चिकित्सकले भने, “त्यसपछि पनि मरे नमरेको चाल पाउन दाँया हातले बेस्सरी गला दवाएको देखिन्छ ।”
ती चिकित्सकले पोस्टमार्टम रिपोर्ट बुधवार नै प्रहरीलाई बुझाइसकेको बताए । सो रिपोर्टमा बालक निशानको हत्या आइतवार राति ८ः३० बजेदेखि १० बजे सम्मको बीचमा भइसकेको हुन सक्ने उल्लेख छ । यो खबर आजको गोरखापत्रमा दैनिकमा छापिएकोे छ ।
Comments are closed.