धुर्मुस सुन्तली फाउण्डेशनका सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा नै क्रिकेट मैदान बनाउने भएका छन् । नेपाली क्रिकेट टोलीले एक दिवसीय मान्यता पाएपछि खेलाडीको हौसला बढाउन र खेलका क्षेत्रमा योगदान गर्न भन्दै उनले क्रिकेट मैदान बनाउने उद्घोष गरेका थिए ।
चार महिना लामो प्रयास पछि उनले चितवनमा क्रिकेट मैदान बनाउने सम्भावना बढेको छ । उनले क्रिकेट मैदान बनाउने जग्गा खोज्दै मुलुकका विभिन्न ठाउँमा घुमेका थिए ।
उनले ललितपुरको गोदावरीमा रहेको जग्गा छनोट गरी खेलकुद मन्त्रालयमा प्रस्तावसमेत पठाएको भएपनि प्राविधिक टोलीले अनुपयुक्त भनिदिएपछि त्यो योजना त्यसै तुहिएको थियो ।
सो निर्णय त्यसै तुहिए पछि जग्गा खोज्न उनी चितवन पुगेका थिए । भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले धुर्मुसलाई क्रिकेट मैदान बनाउने जग्गा खोजन सहयोग गर्ने प्रतिवद्धता जनाएकी थिइन् ।
चितवनको रामपुरस्थित कृषि तथा वनविज्ञान परिसरमा रहेको जग्गामा रंगशाला निर्माण हुने सम्भावना बढेको हो । यसका लागि केही दिनभित्रै धुर्मुस(सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौता हुने बताइएको छ । मेयर रेणु दाहालले केही दिनमै टुंगो लाग्ने बताएकी छन् । , दाहालका अनुसार त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको रामपुर क्याम्पसको जग्गा महानगरपालिकाले रंगशाला निर्माणका लागि लिन लागेको हो । सट्टाभर्नामा क्याम्पसलाई अर्को जग्गा दिने महानगरपालिकाको योजना छ ।
Comments are closed.