Nepal's First Video FM

आज विश्व आदिवासी जनजाति दिवस : विश्वभर विविध कार्यक्रम गरी मनाइँदै, प्रदेश १ मा सार्वजनिक बिदा !

628

साउन २४, आज विश्व आदिवासी जनजाति दिवस, नेपाल लगायत विश्वभर विविध कार्यक्रम अायाेजना गरी याे दिवस मनाइँदै छ । आदिवासी जनजातिहरुकाे, अधिकार, पहिचान र उत्थानका लागि सकारात्मक सन्देश दिन याे याे दिवस मनाउने गरिन्छ ।

विश्वभर छरिएर रहेका आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगष्ट ९ तारिखमा यो दिवस मनाइँदै अाएकाे छ ।

संयुक्त राष्ट्र संघको आदिवासी जनजाति मामिला हेर्ने कार्यदलको पहिलो बैठक बसेको दिन (सन् १९८२ को अगस्ट ९) को दिनलाई नै आधार मानेर सन् १९९५ देखि यो दिवस रुपमा मनाउन थालिएको हो ।

आदिवासी जनजाति दिवसकै अवसरमा आज प्रदेश नम्बर १ मा सार्वजनिक बिदा दिइएको छ । प्रदेश नं. १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै बिदाको घोषणा गरेको जनाइएकाे छ ।

पछिल्लाे समय जलवायुमा भएको परिवर्तन तथा राजनीतिक कारण अनि राम्रो भविष्यको खोजीमा आदिवासी जनजातिहरु आफ्नो थातथलो छोडेर बसाईँ सर्ने क्रम बढेको विषयलार्इ नै यसपटककाे दिवसमा मुख्य नारा बनाइएकाे छ ।

नेपालकाे संविधानले आदिवासी जनजाति तथा सीमान्तकृत वर्गको राजनीतिक तथा प्रतिनिधित्वसहितका अधिकार सुनिश्चित गरेको छ ।

You might also like

Comments are closed.