साउन २४, बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिका रुपमा बिहीबारदेखि नेपाली सेनाको कमाण्ड सम्हाल्ने भएका छन् ।
प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार आयोजित विशेष समारोहमा बलाधिकृतरथी थापालाई नेपाली सेना बुझबुझारथ गर्नेछन् ।
प्रधानसेनापतिले आफ्नो कार्यकाल सकिनु एक महिना अगाडिबाट बिदा बस्ने परम्परा अनुरुप प्रधानसेनापति क्षत्रीले कमाण्ड हस्तान्त्रण गर्न लाग्नु भएको हो । यसैबिच प्रधानसेनापति राजेन्द्र क्षत्रीले हिजो सम्बोधन गर्दै आफु सफल भएर बिदाइ हुदै गरेको दावी गरे ।
प्रधानसेनापति क्षत्रीले जंगि अड्डाबाट ९२ बुँदे लिखित सम्बोधनका क्रममा पृथकताबादी तथा बिध्वंसकारी सुरक्षा चुनौतीको डटेर सामना गर्न सबै पंक्तिलाई निर्देशन समेत दिए ।
उनले आफ्नो कार्यकालमा १० मुलुकका प्रधानसेनापतिको भ्रमण भएको र आफुले २० देशको भ्रमण गरेर सैन्य कुटनितिक बिस्तार गरेको दावी गरे । १४ पृष्ठ लामो सम्बोधनमा उहाले आफ्नो सफलताको ब्याखा गरेको छ ।
Comments are closed.