Nepal's First Video FM

अमेरिकामा ‘कान्छी’ देखाउँदै श्वेता खड्का, उठेको रकम माझी बस्ती निर्माणमा लगाउने ! (भिडियोसहित)

735

नायिका तथा निर्मात्री श्वेता खड्का ‘कान्छी’ लिएर अमेरिका पुगेकी छन् । गत साता त्यहाँ पुगेकी श्वेता न्युयोर्क र बोस्टनमा सम्पन्न ३ शो मा सहभागी भइन् । उनीसँग नृत्य निर्देशक बसन्त कुमार श्रेष्ठ पनि शो मा सहभागी भैरहेका छन् ।

नेपालमा सफल भएको ‘कान्छी’को अमेरिकामा अझै ६ शहरमा शो हुने श्वेताले बताइन् । अहिलेसम्मका शोहरु राम्रा भएका छन्’, श्वेताले भनिन् । शोमा सहभागी दर्शकले कान्छीलाई मन पराएको उनले बताइन् । त्यहाँबाट उठेको रकम माझी बस्ती निर्माणमा लगाउने श्वेताले बताएकी छन् ।

आकाश अधिकारी निर्देशित फिल्म कान्छी मा श्वेता शिर्ष भूमिकामा प्रस्तुत भएकी छन् भने साथमा दयाहाङ राई, कामेश्वर चौरासिया, अनु शाह, प्रज्जवल सुजल गिरी, भूमिका श्रेष्ठ, आशान्त शर्मा लगायतका अभिनय छ । हेर्नुस भिडियो;

You might also like

Comments are closed.